सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

१६ मंसिर, धनुषा । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले सो कुरा बताएका हुन् । उनले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।’धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।नागरिकता नपाएर करिब ६÷७ लाखजना पढ्न र जागिर खानबाट बन्चित भएको भन्दै उनले उनीहरुले अविलम्ब नागरिकता पाउनुपर्ने बताए ।साभार : अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA