गौशाला निर्माणलाई तिव्रता

जनकपुरधाम । छाडा चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (काजी हाउस) निर्माणलाई तिव्रता दिएको छ । उपमहानगरपालिकाको वडा नंं १२ कुवामा तिव्र गतिमा निर्माण हुन लागेको गौशाला निर्माण पछि जनकपुरधाममा सडकको व्यवस्थापनमा सहयोग पुग्ने जनाईएको छ । गुठी संस्थानको १ विघा जग्गा लिजमा लिएर सोही जग्गामा गौशालाको निर्माण कार्य भईरहेको र चाडै निर्माण कार्य सकिने नगर प्रमुख मनोज कुमार साहले बताएका छन । २०७९ श्रावण २६ गते नगर प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह तथा वडाध्यक्षहरूले संयुक्त रुपमा गौशालाको शिलान्यास गरेका थिए । १ करोडको लागतमा निर्माण हुने गौशाला निर्माण अन्तर्गत पहिलो वर्षमा छाडा चौपाया राख्ने घर, चौपायाका लागि आवश्यक पर्ने भूस तथा पराल राख्ने घर तथा गौशालाको रेखदेख गर्ने कर्मचारी बस्ने घरको निर्माण गरिने नगरप्रमुख मनोज कुमार साहले जानकारी दिएका छन । गौशालाको निर्माणले नगरक्षेत्रमा जथाभाबी रुपमा छाड्ने चौपायाको नियन्त्रण भएर सडक तथा ट्राफिक व्यवस्थापनमा पनि ठूलो मद्दत पुग्ने विश्वास जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको रहेको छ । गौशाला निर्माण भएपछि छाडा चौपायाले प्रदान गर्ने गोवर तथा मूत्रबाट जैविक मलको उत्पादन गरेर न्यूनतम लागतमा किसानलाई मल बिक्री गर्ने सोचमा उपमहानगरपालिका रहेको छ । यसले वर्षेनी रुपमा हुने मलको अभाव थोरै भएपनि समाधान हुने नगरप्रमुख साहको रहेको छ । नगरक्षेत्रमा चौपाया धनीहरूले दूध दुहेर गाई तथा गोरु एवं उत्पादन नदिने वस्तुहरू जथाभाबी रुपमा छाड्ने गरेका कारणले नगरपालिकाको सडक व्यवस्थापनमा समस्या आउनुका साथै नगरक्षेत्रमा जथाभाबी रुपमा चौपायाले सडक भरि गोवर तथा मूत्र त्याग गरेर फोहर बढाउने काम गरिरहेको छ । कहिले काहीँ छाडा चौपायाका कारणले सवारी दुर्घटना पनि हुने गरेको छ । गौशालाको निर्माण भएपछि गाई तथा गोरु छाडेको खण्डमा नगरपालिकाले नियन्त्रणमा लिएर त्यस्ता वस्तुको धनीबाट जरिवाना गर्ने कानूनी प्रावधान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA