किर्तन भवनको शिलान्यास

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशन स्थित हनुमान मन्दिर नजिक शनिवार एक कार्यक्रमबिच किर्तन भवनको शिलान्यास गरिएको छ । शनिवार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह र नेपाल रेल्वे कम्पनी लि.का महाप्रबन्धक निरंजन झाले संयुतm रुपमा किर्तन भवनको शिलान्यास गरेका हुन । यता रेल्वे स्टेशन नजिकै तिर्थालु र पर्यटकहरुको आवागमनलाई ध्यानमा राखी शौचालय निर्माण गरिने जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जानकारी दिएका छन । रेल्वे संचालनसंगै जनकपुरधाम पुग्ने पर्यटकहरुको संख्यामा समेत बढेको र शौचका लागि शौचालयको अभावका कारण समस्या भएकोले शौचालय निर्माण गर्न लागिएको नगर प्रमुख साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA