जसपाका दुई अध्यक्षबीच मतभेद

धरान । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र  यादव र  संघिय परिषद् अध्यक्ष अशोक राईबीच मतभिन्ता देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको जसपाका अध्यक्ष र संघिय परिषद् अध्यक्षबीच मतभिन्नता देखिएकामे हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने  यादवको व्यक्तिगत धारणा भएको बताएका छन् । उनले एमालेसँगको तालमेल नसकिएको बताए ।एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा राईले भने,‘यो उहाँको (अध्यक्ष उपेन्द्र यादवको) व्यक्तिगत धारणा हो ।’

एमालेसँगको सहकार्य जारी  रहने उनले बताए ।

‘यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ । तर यसपटकको निर्वाचनले पनि कुनै एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तो स्थितिमा कसरी जाने भनेर सम्बन्धमा हामीले छलफल गर्न जरुरी छ,’ उनले भने ,‘ हामी छलफल गर्छौं । हामीले परिस्थिति हेरेर मुलुकमा अस्थिरता नबढोस्, स्थिर सरकार दिन सकियोस् र जनताको सेवा गर्ने अनुकूल वातावरण नै बनाउन सकियोस् भन्ने सम्बन्धमा हाम्रो जोड रहन्छ ।"साभार : कोसी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन : काठमाडौंJCNEPAL MEDIA

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA