सहिद पत्रकार सिंहलाई सम्मान

जनकपुरधाम । ३१ औँ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सहिद महिला पत्रकार उमा सिंहलाई सम्मान गरिएको छ ।पत्रकार सिंहका तर्फबाट सहकर्मी तथा नेपाल पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष ज्योति झा र जिल्ला कार्यवाहक अध्यक्ष अबधेश कामतलाई संयुक्त रुपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सम्मान पत्र प्रदान गर्नुभयो ।जनकपुरधाममा महिला पत्रकार उमा सिंहलाई एक समूहले बीभत्स किसिमले हत्या गरेपछि सरकारले धनुषाका पत्रकारहरूले गरेको आन्दोलनपछि सिंहलाई सहिद घोषणा गरेको थियो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहिद महिला पत्रकार उमा सिंह साँचो अर्थमा साहसिक महिला पत्रकार भएको बताउँदै अन्यायका विरुद्धमा कलम चलाएकै कारणले उहाँको हत्या भएको बताउनुभयो ।

अध्यक्षको आसनबाट बोल्दै सञ्जालका धनुषा अध्यक्ष एवं उमा सिंहलाई न्याय दिलाउनका लागि निःशुल्क कानूनी लडाई लड्नु भएका अधिवक्ता रेखा झाले सहिद पत्रकार उमा सिंहका हत्यारामाथि कारबाहीका लागि प्रयास गर्दा भोग्नु परेका धम्कीको विषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष ज्योति झाले सहिद पत्रकार उमा सिंह आफूहरूको प्रेरणाको श्रोत भएको बताउनुभयो ।नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अबधेश कामतले सहिद पत्रकार उमा सिंहका सम्पूर्ण दोषीमाथि हालसम्म पनि कारबाही नभएको बताउनुभयो ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत रेखा दत्त, ओरेक नेपालका प्रदेश संयोजक विकास बन्जारा सहितका वक्ताहरूले १६ दिने अभियान अन्तर्गत विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको बताउनुभयो ।साभार : रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

शिक्षकलाई पूर्वमन्त्री झाक्रीकाे सुझाव : आन्दोलनमा रमिता बढी भयो, सरकार र संसदलाई विश्वास गरेर घर फर्कनुस् JCNEPAL MEDIA

प्रचण्ड प्रस्तावसँगै कांग्रेसमा बदलियो माहौल भन्छ हेर र पर्ख : JCNEPAL MEDIA

योगीकाे बारे देउवाले बाेलेकाे गरे खण्डन भन्छन्,गलत सूचनाका आधारमा बोलेके छु : JCNEPAL MEDIA

मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार : शिक्षक आन्दोलन JCNEPAL MEDIA

जनकपुरको गँगासागरमा काँग्रेसका दिवगंत नेताको शालिक बनाउन खोज्दा अन्य पार्टीको विरोध : JCNEPAL MEDIA

वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन्छौं : डा. जगमान गुरुङ JCNEPAL MEDIA