मधेसी समुदायको सूचीबाट हटाइयो थारु र मुस्लिम

काठमाडौं । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको थर सूचीकरणबाट हटाउने निर्णय गरेको छ । आयोगको मंसिर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको हो ।मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए । उनका अनुसार थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र मधेसी समुदायसँग नमिल्ने भएकोले उक्त सूचीमा नराख्न आयोगमा निवेदन दिएका थिए ।मधेसी आयोगले २०७८/७९ को वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिमसहित १४९ थरलाई मधेसीको रूपमा सिफारिस गरेको थियो ।साभार : नेपाल प्रेस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA