आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ। ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ।आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो।तर, आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो।आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन्।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA