हस्ताक्षर किर्ते गरेको आरोपमा मट्टिहानी मन्दिरका महन्त पक्राउ

महोत्तरी। सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका एक महन्त पक्राउ परेका छन्।मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैकबाट उक्त रकम निकालेको उनीमाथि आरोप छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृृष्ण पंगेनीका अनुसार रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार पाँच सय १० रुपैयाँ ३५ पैसा झिकेको प्रमाणसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रअनुसार महोत्तरी प्रहरीले महामहन्त दासलाई पक्राउ गरेको पंगेनीले बताए।महामहन्त दासलाइ रुपन्देही पठाइएको छ। दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा ट्रान्सफर गरेका थिए।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA