कलम उद्योग स्थापना

पर्सा । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा कलम उद्योग सञ्चालनमा आएको छ।  शुक्रबारदेखि सञ्चालनमा आएको वीणाशक्ति पेपर एन्ड स्टेसनरी प्रोडक्ट नामक कलम उद्योगमा २५ करोड रुपियाँ लगानी भएको बताइएको छ। बारा जिल्लाको चैनपुरमा स्थापना भएको यस कलम उद्योगले २४ घण्टामा चार लाखसम्म विभिन्न प्रकारका कलम उत्पादन गर्ने सो उद्योगका सञ्चालक मनोजकुमार मरोदियाले बताउनुभयो। यो उद्योगले मुलुकमा खपत हुने कलमको ४० देखि ५० प्रतिशत माग पूरा गर्ने उहाँले बताउनुभयो। यो उद्योगमा प्रत्यक्ष रूपमा १२५ जनाले रोजगारी पाउने भएका छन्। भन्सार विभागको एक तथ्याङ्कअनुसार मुलुकमा वार्षिक ३० करोड थान कलमको आयात हुने गरेको छ।   साभार : गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA