राज्यको हरेक तहमा तेस्रो लिङगी समुदायको प्रतिनिधित्व हुनुपर्ने माग

जनकपुरधाम पुस ५ गते । आफ्नो अधिकार र पहिचानका लागि संघर्षरत यौनिक तथा लैँगिक अल्पसंख्यक समुदायलाई राज्यको हरेक तहमा प्रतिनिधित्वको माग एक कार्यक्रममा गरिएको छ । जनकपुरधाममा स्थानीय सरकार तथा सरोकारवाला संगको एक अन्तरक्रिया कार्यक्रममा नेपालमा यौनिक तथा लैँगिक अभियानका बारेमा निल हिरा समाजका अध्यक्ष पिंकी गुरुङले जानकारी गराउनु भएको थियो । निल हिरा समाज र सुनौलो बिहानी समाजको आयोजना तथा सेब द चिल्ड्रेनको आर्थिक सहयोगमा संचालित सो अन्तरक्रियामा अध्यक्ष गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा भईरहेको कामका बारेमा जानकारी गराउदै अहिले सम्मको अवसर र चौनौतीका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । त्यस्तै निल हिरा समाजका कार्यक्रम संयोजक संजय शर्माले समाजको उद्देश्य र कार्य क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो । निल हिरा समाज तथा सुनौलो विहानी समाज यौँनिक तथा लैँगिक अल्पसंख्यकहरुको स्वास्थ्य तथा मानव अधिकारका क्षेत्रमा काम गरिरहेको छ । सो अन्तरक्रियामा सहभागीहरुले यौँनिक तथा लैँगिक अल्पसंख्यकहरुको अधिकार र पहिचानका लागि मिडियाले गरिरहेको कामको चर्चा गर्दै तेस्रो लिङगीहरुलाई समेत आम नेपाली नागरिक सरह नै राज्यको हरेक काममा समान अधिकारको लागि आवाज उठाउने बताउनु भएको थियो । कार्यक्रममा निल हिरा समाज द्वारा संचालित सुनौलो विहानी समाजका संस्थापक अध्यक्ष प्रदिप यादव, कार्यक्रम संयोजक सत्यनारायण साह छोटु लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA