सन्त गुरुद्वारा शाहरुखको ज्यान लिने धम्की

मुम्बई। बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ माथि भइरहेको विवाद अझै रोकिने छाँटकाट छैन। फिल्मको पहिलो गीत ‘बेशर्म रंग’ रिलिज हुनासाथ गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएर बिकिनीको रंगलाई लिएर विवाद सुरु भएको हो।

भारतमा अधिकांश ठाउँमा यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ। शाहरुख र दीपिकासहित फिल्मको टिमका सदस्यविरुद्ध उजुरी पनि पर्न थालेको छ। अब भने फिल्मको विरोध गरिरहेका सन्त जगतगुरु परमहंस आचार्यले शाहरुखलाई जिउँदै जलाउने धम्की दिएका छन्।

‘फिल्म पठानमा भगवा रंगको अपमान गरिएको छ। उनीहरुले हिन्दुको भावनालाई आहत बनाउन यसो गरेका हुन्। पैसा कमाउनका लागि मानिसले धन्दा बनाइसकेका छन्। यसकारण हामीले शाहरुख खानको पोस्टर जलायौं र म शाहरुख खानलाई खोजिरहेको छु। जुन दिन उसलाई भेट्छु, त्यो जिहादीको छाला तासेर जिउँदै जलाउँछु’, उनले भनेका छन्।

उनले आफ्ना मानिसहरुले शाहरुखलाई मुम्बईमा खोजिरहेको खुलाउँदै कोहीले शाहरुखलाई जिउँदै आफ्नो अगाडि ल्याए उसको परिवारलाई आर्थिक मद्दत गर्ने बताएका छन्। आचार्यले शाहरुखलाई भगवासँग घृणा भएको भए उनको धमिनीमा बग्नेवाला रंग पनि भगवा नै रहेको दाबी गरेका छन्।

‘भगवाको बिना कसैको अस्तित्व सम्भव छैन। सूर्यको रंग भगवा, अग्निको रंग भगवा, भगवा शान्तिको प्रतीक हो र सबै सनातन धर्म मान्नेका लागि आन बान शान भगवा हो। भगवाको अपमान असह्य हुनेछ’, उनले भनेका छन्।

उनले शाहरुखले आफ्नो धर्म इस्लामप्रति कुनै वेबसिरिज र फिल्म नबनाएकाले उनलाई हलाला, तीन तलाक र पैगम्बर मुहम्मदको जीवनमा आधारित फिल्म बनाउन चुनौती दिएका छन्।साभार : डिसी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्डो-तिब्बती सीमा प्रहरी ITBP का जवानहरूले भरिएको बस नदीमा खस्यो, अहिलेसम्म एक जना पनि सैनिक भेटिएनन् : JCNEPAL MEDIA

अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?: JCNEPAL MEDIA

अमेरिकाद्वारा नेपाललाई दिँदै आएको चार परियोजनाको सहयोग राेकेपछि काम रोक्न अर्थको निर्देशन JCNEPAL MEDIA

ट्रम्पले कोलम्बियाप्रति आक्रोशित भई बढाए २५ प्रतिशत भन्सार शुल्क,विमान अवतरण गर्न नदिएपछि:JCNEPAL MEDIA

मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनायाे, ‘गल्फ अफ अमेरिका’ : JCNEPAL MEDIA

विदेशमा दिइने सहायता 'स्थगित गर्न' विदेश मन्त्रालयको 'निर्देशन' : अमेरिका JCNEPAL MEDIA