मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारवाट पत्रकार सुजीत झा सम्मानित

जनकपुरधाम । जनकपुरधाम एभिन्यूज टिभिका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारले आज सम्मानित गरिएको छ । जनकपुरधामको समाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाउँमा स्थापित सो पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा प्रदान गरिएको छ । पुरस्कारमा ५१ सय ५ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो पुरस्कार प्रदान गरिएको छ । अढाइ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका पत्रकार झाको मैथिली भाषामा १५ वटा पुस्तक प्रकाशित रहेको छ । झा मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर समेत गरेका छन । विकास पुरुष मकेश्वर बाबू सामाजिक प्रतिष्ठानका अध्यक्ष रीतेशकुमार सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, नेकपा एस का पोलिटव्यूरो सदस्य श्रीप्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र साह, सम्मानित हुने पत्रकार सुजीतकुमार झा लगायतका वक्ताहरुले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA