ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट, राजा आऊ देश बचाउको लाग्यो नारा

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।शुक्रबार पूर्वबाट मधेशको राजधानी समेत रहेको जनकपुरधाम आएर बसेका थिए । हिजो साँझ गंगा आरतीमा सहभागी भएका उनले आज जानकी मन्दिर पुगेर दर्शन तथा पूजापाठ गरे ।पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । मन्दिरमा उनलाई महन्थ, साधुसन्त र हजारौं समर्थकले स्वागत गरेका हुन् ।जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट  विच्छाइएकाे थियाे । परिवारसहित आएका उनले हिजो राति जिरोमाइलस्थित सिताशरण होटलमा बिताए । आज बृहत्तर जनकपुर परिसरमा खुलेको सुविधासम्पन्न होटल सोल्टीमा बस्ने बुझिएको छ ।साभार : नेपाल प्रेस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA