देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- राष्ट्रपति र प्रधानमन्त्री छाड्दैनौं, गठबन्धन नछाड्नुस्

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रधामन्त्री राष्ट्रपति छाड्न नसक्ने आफ्टो बटमलाइन माओवादीलाई सुनाएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेता विमलेन्द्र निधीले पहिलो चरणमा प्रधानमन्त्री दिन नसक्ने र राष्ट्रपति पनि छाड्न नसकिने भएको भन्दै प्रचण्डलाई गठबन्धनमै रहन आग्रह गरेको स्रोतले बताएको छ ।बिहान खुमलटार पुगेका निधिलाई प्रचण्डले प्रधानमन्त्री त्यागेर गठबन्धनमा बस्न नसकिने सुनाएका छन् । लगत्तै शीर्ष नेतासँग छलफल गरेर प्रचण्ड देउवालाई पार्टीको बटमलाइन सुनाउन बालुवाटार लागेका छन् । निधिले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।कांग्रेसको उक्त सन्देशपछि प्रचण्डले देउवासँग निर्णायक छलफल गर्न लागेको नेता शक्ति बस्नेतले नेपाल प्रेसलाई बताए ।देउवाले दुई दिनअघिदेखि नै रामचन्द्र पौडेल, प्रकाशमानलगायतका नेता लगाएर प्रचण्डलाई कन्भिन्स गर्ने प्रयास गरिरहेका थिए ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन : काठमाडौंJCNEPAL MEDIA

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA