प्रचण्डलाई फोन गरेर देउवाले दिए प्रधानमन्त्री बनेकोमा बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनेकोमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका हुन्।माओवादी पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘भर्खर शेरबहादुर देउवाले पनि बधाई अध्यक्षज्यूलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिनुभयो। कांग्रेसका नेताहरूले फोन गरे हाम्रो प्रधानमन्त्री तपाईं नै हो भन्नुभयो।’कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खुलेर देउवाको हठले गठबन्धन टुटेको बताइसकेको प्रवक्ता महराले बताए। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड एमाले नेतृत्वको गठबन्धनमा गएर प्रधानमन्त्री बनेका थिए।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन : काठमाडौंJCNEPAL MEDIA

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA