माओवादीबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ सिफारिस

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री हुनुहुने भएको छ । माओवादी केन्द्रको सोमबार बिहान पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् ।प्रवक्ता महराले भन्नुभयो, “आज पदाधिकारी बैठक बस्यौँ । आजै माओको जन्मदिन आजै नवनियुक्त प्रधानमन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथ ग्रहण हुनेछ ।” बैठकमा समसामयिक राजनीतिक परिस्थितिको व्याख्या एवम् विश्लेषण भएको उहाँ बताउनुहुन्छ ।नेपाली काँग्रेससँगको गठबन्धन जोगाउन हिजो आइतबार मध्यान्ह १२ बजेसम्म पर्खेको तर, पूर्व समझदारी अनुसार प्रधानमन्त्री र राष्ट्रपति दुवै पद माओवादीलाई नदिने भएपछि सात वटा दलसँग समझदारी भएको उहाँको भनाइ छ । “पहिला भएको समझदारी अनुसार प्रधानमन्त्री, राष्ट्रपति नदिने भएपछि सात वटा पार्टीको बीचमा समझदारी भएर प्रधानमन्त्री हामीले लियौँ”, महराले जोड्नुभयो । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष प्रचण्डलाई बधाई  दिनुभएको जानकारी उहाँले दिनुभयो ।नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । आजै सानो मन्त्रिमण्डल विस्तार हुने महराले बताउनुभयो ।साभार : गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारत–पाकिस्तान द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको ट्रम्पको दाबी : JCNEPAL MEDIA

प्रतिनिधिसभामा सञ्चारमन्त्रीले साइबर सुरक्षा विधेयक लग्दै : JCNEPAL MEDIA

प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध कायमै, कार्यदलको संयोजक पदबाट सभामुखले दिए राजीनामा : मधेस प्रदेश JCNEPAL MEDIA

चिनबाट आएको बाढीमा१८ जना बेपत्ता, ९ जनाको उद्धार, उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी : रसुवा JCNEPAL MEDIA

प्रदेश सरकारबाट नाउपा बाहिरिएपछि देउवा भेट्न काठमाडौं आइपुगे मुख्यमन्त्री शाह : JCNEPAL MEDIA

जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न हजाराैं प्रहरी तैनाथ : सर्लाही JCNEPAL MEDIA