माओवादीबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ सिफारिस

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री हुनुहुने भएको छ । माओवादी केन्द्रको सोमबार बिहान पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् ।प्रवक्ता महराले भन्नुभयो, “आज पदाधिकारी बैठक बस्यौँ । आजै माओको जन्मदिन आजै नवनियुक्त प्रधानमन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथ ग्रहण हुनेछ ।” बैठकमा समसामयिक राजनीतिक परिस्थितिको व्याख्या एवम् विश्लेषण भएको उहाँ बताउनुहुन्छ ।नेपाली काँग्रेससँगको गठबन्धन जोगाउन हिजो आइतबार मध्यान्ह १२ बजेसम्म पर्खेको तर, पूर्व समझदारी अनुसार प्रधानमन्त्री र राष्ट्रपति दुवै पद माओवादीलाई नदिने भएपछि सात वटा दलसँग समझदारी भएको उहाँको भनाइ छ । “पहिला भएको समझदारी अनुसार प्रधानमन्त्री, राष्ट्रपति नदिने भएपछि सात वटा पार्टीको बीचमा समझदारी भएर प्रधानमन्त्री हामीले लियौँ”, महराले जोड्नुभयो । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष प्रचण्डलाई बधाई  दिनुभएको जानकारी उहाँले दिनुभयो ।नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । आजै सानो मन्त्रिमण्डल विस्तार हुने महराले बताउनुभयो ।साभार : गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA