उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताए । महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जायज नभएको स्पष्ट पारे । उनले भने, “निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले धर्म निर्वाह गर्नुपर्दछ । कांग्रेसले पनि अन्य विकल्प सोच्न पाउँदैन अन्यले पनि पाउँदैनन् । यही गठबन्धन भित्रबाट कुनै न कुनै निष्कर्ष निकाल्नुपर्दछ भन्ने पक्षमा हामी थियौँ ।” महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरूमा पार्टीका महामन्त्रीहरूको सहभागिता अनिवार्य हुने भए पनि आफूहरूलाई समावेश र बोलावट नगरिएको बताए । उनले धेरै विषय सञ्चारमाध्यमबाट जानकारी हुने गरेको उल्लेख गरे । थापाले आफूले निर्वाचनअघि कुनै पनि दलसँग चुनावी तालमेल गर्नुहुँदैन भन्ने विचार पार्टीमा राखेको बताए। आगामी दिनमा नेपाली कांग्रेसलाई आफ्नै तागत र बलमा निर्वाचन लड्नसक्ने गरी पार्टी पुनःनिर्माणको अभियान सुरु गरिने उनले जानकारी दिए ।साभार : स्पेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारत–पाकिस्तान द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको ट्रम्पको दाबी : JCNEPAL MEDIA

प्रतिनिधिसभामा सञ्चारमन्त्रीले साइबर सुरक्षा विधेयक लग्दै : JCNEPAL MEDIA

प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध कायमै, कार्यदलको संयोजक पदबाट सभामुखले दिए राजीनामा : मधेस प्रदेश JCNEPAL MEDIA

चिनबाट आएको बाढीमा१८ जना बेपत्ता, ९ जनाको उद्धार, उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी : रसुवा JCNEPAL MEDIA

प्रदेश सरकारबाट नाउपा बाहिरिएपछि देउवा भेट्न काठमाडौं आइपुगे मुख्यमन्त्री शाह : JCNEPAL MEDIA

जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न हजाराैं प्रहरी तैनाथ : सर्लाही JCNEPAL MEDIA