मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज

जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रुपमा न्यौपानेले आज शपथ ग्रहण गर्ने र भोलि (शुक्रबार) न्यौपानेले बाँकी नवनिर्वाचित प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जानकारी दिए ।मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको सचिव यादवले जानकारी दिए ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA