मधेश प्रदेश : १०४ सांसदले लिए शपथ, माओवादीका दुई जनाको रोकियो

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिनबाट बंचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो. रजी हैदरले शपथग्रहण गर्न पाएनन् ।प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले अदालतको आदेशका कारण कर्ण र हैदरलाई आज शपथग्रहण लिन नपाएको बताए । स्रोतका अनुसार माओवादीका समानुपातिक (नाम नखुलेको) उम्मेदवारले नै आफू निर्वाचित हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा शपथ लिएका छन् । बज्जिकामा १३, मैथिलीमा ११ र भोजपुरीमा ७ सांसदले शपथ लिए । राजकुमार लेखी र राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।यस्तै, मगही र हिन्दी भाषामा २/२ सांसदले शपथ लिएका छन् । एक मात्र सांसद विमला अन्सारी भने उर्दु भाषामा शपथ लिएकी छन् ।विवादित मधेशी भाषामा जनमतका १२ सांसदले शपथ लिएका छन् । तर सोही पार्टीका सतिश सिंहले भने मैथली भाषामा शपथ लिए । नेकपा एमालेका सबै २३ सांसद नेपाली भाषा रोजे ।साभार : नेपाल प्रेस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA