उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटघाट भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयीक विषयमा छलफल भएको बताइएको छ । भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई एंव नयाँ कार्यकालको शुभकामना दिए । यस्तै, श्रीबास्तवले नेपालको विकास निर्माणका लागि अहिलेसम्म भइरहेको भारतीय सहयोग भावी दिनमा पनि कायम रहने बताए । यस्तै, विकास निर्माणका केही विषयको छलफल मन्त्रालयस्तरबाटै गर्ने लगायतका विषयमा समेत कुराकानी भएको मन्त्रीको सचिवालयले बताएको छ ।भारतीय सहयोगमा निर्माण भइरहेको आयोजनाहरूमा देखिएका समस्या समाधान गर्ने लगायत विषयमा समेत छलफल भएको बताइएको छ । भेटका क्रममा मन्त्री श्रेष्ठले भारतीय सहयोगमा बनिरहेका आयोजनाहरूको काम छिटो सक्नुपर्ने, विवाद देखिएका आयोजनाको विवाद समाधान गर्नुपर्ने लगायतका कुरा राखे ।यस्तै, केही आयोजनाहरूको मुआब्जा विवाद अदालतसम्म पुगेको र त्यो विवाद नेपाली पक्षबाट समाधान गरिनुपर्नेमा दुवै पक्ष सहमत देखिएका छन् । भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् ।साभार : रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA