सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, एक/दुई दिनमा सार्वजनिक गरिने

काठमाडौं । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन्।नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सत्ता साझेदार दलहरूको छ।सत्ता साझेदार सात दलबाट एक-एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन्। गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भने पनि केही ढिलाइ हुने भएको छ।बुधबार बालुवाटारमा बसेको बैठकमा पनि न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको थियो। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार बिहीबार मस्यौदा तयार गरिने र शुक्रबारसम्म सार्वजनिक गरिने तयारी रहेको छ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारी रहेको बताए।उनले राहदानीलगायतमा देखिएका समस्या हल गरिने बताए।‘हामीले निर्देशन मात्रै दिएका छैनौँ, त्योसँगै योजना पनि बनाएका छौँ, त्यसको अपडेट पनि छ, निर्देशनसँगै विज्ञ टोलीसँग छलफल पनि गरिरहेका छौँ, तत्कालीन र दीर्घकालीन समाधान खोज्नेबारे पनि छलफल भइरहेको छ,’ उनले भने।साभार : सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

भागबन्डाको खेलले सुशासन परे थला ,अब रास्वपालाई ऐतिहासिक परीक्षा : JCNEPAL MEDIA

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA