बचत संस्थाहरू उत्पादनमुखी हुनुपर्नेमा जोड

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहकारी संस्थाहरूलाई उत्पादनमुखी काममा लाग्नुपर्ने बताएका छन् । आस्था बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न तेर्हौ साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख साहले सो कुरा बताएका हुन् । उनले सहकारीको अभियानलाई उत्पादनसँग जोड्न सकेमात्र समृद्ध समाजको निर्माण हुन सक्ने बताए । सहकारी समाज विकास र परिवर्तनको सम्बाहकको रूपमा प्रयोग हुन सक्ने साधन भएकाले त्यसका सञ्चालकहरूले सुझबुझका साथ नीति, विधि र प्रक्रियाभित्र रहेर सहकारीलाई उत्पादनमुखी अस्त्रको रूपमा प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै उनले अहिलेसम्मका सहकारीका गतिविधिलाई हेर्दा कतिपयले सहकारीलाई ठगी खाने भाडोका रूपमा प्रयोग गरेको बुझिन आएकाले त्यस्ता खालका सहकारीहरूले तत्काल पारदर्शी तरिकाले अघि बढ्न आग्रह गरे । सर्वसाधारण नागरिकले गास कटाएर बचत गरेको धनमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्ता खालका गतिविधि गर्नेहरूमाथि स्थानीय सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि उनले बताए । संस्थाका अध्यक्ष गोपालप्रसाद गुरुङको अध्यक्षता भएको सो कार्यक्रममा संस्थाले आफ्ना असल बचतकर्ता, असल ऋणि, ज्येष्ठ नागरिक बचत कर्ता लगायतलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA