मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउतले पनि दाबी गरेका थिए ।दुवै नेताको मनोनयनपछि पुनः बसेको बैठकमा राउतले यादवलाई समर्थन गरेसँगै सर्वसम्मत भएको हो ।बारा १ (२) बाट निर्वाचित यादव निवर्तमान सभामुखसमेत हुन् । उनी ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । तर, पार्टी एकतापछि महन्थ ठाकुर अलग्गिए पनि यादव जसपामै बसेका थिए ।दलका नेता बनेसँगै उनी नै मधेशको मुख्यमन्त्री बन्ने पनि निश्चित भएको छ । सातदलीय गठबन्धनको आलोपालो सहमतिमा पहिलो चरणमा जसपालाई मधेसको नेतृत्व दिने सहमति भइसकेको छ ।मधेस प्रदेशमा जसपाका १६ सांसद छन् ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA

नेपाल प्रहरीका चार डीआईजीको बढुवा : JCNEPAL MEDIA

उर्जामन्त्रीले पद छाड्न भनेपछि प्राधिकरण निर्देशककाे भावुक अपील : "देशलाई धोका दिन चाहन्न" JCNEPAL MEDIA

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA