अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढयाे  - JC NEPAL MEDIA

माघ ६,२०७९ जेसी नेपाल संवाददाता

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । दुई सातामै कच्चा तेलको भाउ प्रतिब्यारेल करिब १० डलर बढेको छ । पुस २० गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ डलर हाराहारीमा रहेकोमा १६ दिनपछि माघ ६ गते (साढे २ बजेसम्म) ८१ डलर नाघेको छ ।

त्यस्तै सोही अवधिमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलरबाट ८६ डलर नाघेको छ । मुर्बान तेलको भाउ प्रतिब्यारेल ७६ डलरबाट ८५ डलर पुगेको छ । कच्चा तेलको मूल्य बढ्दा नेपालको ब्यापार घाटा तथा मुद्रास्फीति बढ्ने जोखिम रहन्छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाउने मूल्यलाई कच्चा तेलको भाउ उतारचढावले असर पार्दछ । निगमले आईओसीले पठाएको सूचीअनुसार यहाँ समायोजन गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा कच्चा तेलको मूल्य बढ्दा ढुवानी भाडा समेत बढ्न गई समग्र मूल्यवृद्धि बढ्न जान्छ ।

प्रकाशित : माघ ६,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA