अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढयाे  - JC NEPAL MEDIA

माघ ६,२०७९ जेसी नेपाल संवाददाता

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । दुई सातामै कच्चा तेलको भाउ प्रतिब्यारेल करिब १० डलर बढेको छ । पुस २० गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७२ डलर हाराहारीमा रहेकोमा १६ दिनपछि माघ ६ गते (साढे २ बजेसम्म) ८१ डलर नाघेको छ ।

त्यस्तै सोही अवधिमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलरबाट ८६ डलर नाघेको छ । मुर्बान तेलको भाउ प्रतिब्यारेल ७६ डलरबाट ८५ डलर पुगेको छ । कच्चा तेलको मूल्य बढ्दा नेपालको ब्यापार घाटा तथा मुद्रास्फीति बढ्ने जोखिम रहन्छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाउने मूल्यलाई कच्चा तेलको भाउ उतारचढावले असर पार्दछ । निगमले आईओसीले पठाएको सूचीअनुसार यहाँ समायोजन गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा कच्चा तेलको मूल्य बढ्दा ढुवानी भाडा समेत बढ्न गई समग्र मूल्यवृद्धि बढ्न जान्छ ।

प्रकाशित : माघ ६,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA