बेलायती प्रधानमन्त्रीले सिटबेल्ट नबाँधेको आरोपमा तिरे जरिवाना - JC NEPAL MEDIA

माघ ७,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाँधेको आरोपमा जरिवाना तिर्नु परेकाे छ ।

गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको हो ।  प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको बताएको छ ।

प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्नु भएको छ । यसका लागि उहाँले माफीसमेत माग्नु भएको छ । उहाँ यो मान्नुहुन्छ कि सबैले सिटबेल्ट लगाउनुपर्छ ।

सुनक सरकारमा रहेकै बेला दोस्रो पटक जरिवानामा परेका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनसँगै कोरोना नियन्त्रणका लागि लागू लकडाउनको नियम तोडेको आरोपमा उनलाई जरिवाना गरिएको थियो ।

सन् २०२० मा जोनसन र उनकी पत्नीमाथि जन्मदिनको पार्टी आयोजना गरेको आरोप लागेको तियो ।

प्रकाशित : माघ ७,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?: JCNEPAL MEDIA

अमेरिकाद्वारा नेपाललाई दिँदै आएको चार परियोजनाको सहयोग राेकेपछि काम रोक्न अर्थको निर्देशन JCNEPAL MEDIA

ट्रम्पले कोलम्बियाप्रति आक्रोशित भई बढाए २५ प्रतिशत भन्सार शुल्क,विमान अवतरण गर्न नदिएपछि:JCNEPAL MEDIA

मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनायाे, ‘गल्फ अफ अमेरिका’ : JCNEPAL MEDIA

विदेशमा दिइने सहायता 'स्थगित गर्न' विदेश मन्त्रालयको 'निर्देशन' : अमेरिका JCNEPAL MEDIA

पेट्रोल ट्यांकर विस्फोटमा ९८ जनाको मृत्यु : नाइजेरिया JCNEPAL MEDIA