जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ट्रेड एक्सपो २०२३ हुने - JC NEPAL MEDIA

माघ ८,२०७९ जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको वृहत व्यापारिक मेला ट्रेड एक्सपो २०२३ हुने भएको छ ।

अगामि फागुन ५ गते देखि १४ गते सम्म हुने यो एक्सपो अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला रहेको आयोजक जनकपुरधाम उद्योग बाणिज्य संघ र सहआयोजक सिया ईभेन्टले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागि गराई व्यापारिक अनुभव आदान प्रदान तथा नयाँ आयाम एवं सम्भाव्यता खोज्ने उद्देश्यले एक्सपोको आयोजना गर्न लागिएको बताइएको छ ।

मेलामा स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको पनि सहभागिता रहने आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गर्न एक्सपो हुन लागेको सहआयोजक सिया ईभेन्टले जनाएको छ ।

यस वृहत्त मेलाले पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ । जनकपुरधाम स्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने एक्सपोमा १५० भन्दा बढि स्टलहरू रहनेछ ।

उक्त मेलामा १ लाख भन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार साहले बताए । जनकपुरधाम व्यापार मेलामा पाईने विषेश सामानहरूमा अटोमोबाईल्स, गार्मेन्टस, कन्स्ट्रकसन बैंक, होम सप्लायर्स, हेल्थ एण्ड फिटनेश, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानिय तथा नविनतम उत्पादनहरूको स्टल रहने आयोजकको भनाई छ ।

प्रकाशित : माघ ८,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA

मिटरब्याजसँग सम्बन्धित फर्जी कागजात अवैध घोषणा : JCNEPALMEDIA

विराटनगर भन्सार जाँचपासमा गम्भीर लापरबाही , प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA