जनमत पार्टी लाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री नै दिने प्रचण्डको आश्वासन

माघ ९,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै दिने आश्वासन दिएका छन् ।

उद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तर खानले जिम्मेवारी सम्हालेका छैनन् । प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्री खानलाई बोलाएर छलफल गरेका थिए । आइतबार साँझ बसेको पार्टीको बैठकमा खानले गरेको ब्रिफिङअनुसार प्रधानमन्त्रीले छिट्टै सहमति अनुसारकै मन्त्रालय दिलाउने आश्वासन दिएका छन् ।

जनमत पार्टीले पूर्वसहमतिअनुसार उद्योग मन्त्रालय पाए सरकारमा सहभागितालाई निरन्तरता दिन्छ, नभए सरकार छाड्न पनि सक्ने संमभवना रहेको छ ।

प्रकाशित : माघ ९,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA