जनमत पार्टी लाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री नै दिने प्रचण्डको आश्वासन

माघ ९,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै दिने आश्वासन दिएका छन् ।

उद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तर खानले जिम्मेवारी सम्हालेका छैनन् । प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्री खानलाई बोलाएर छलफल गरेका थिए । आइतबार साँझ बसेको पार्टीको बैठकमा खानले गरेको ब्रिफिङअनुसार प्रधानमन्त्रीले छिट्टै सहमति अनुसारकै मन्त्रालय दिलाउने आश्वासन दिएका छन् ।

जनमत पार्टीले पूर्वसहमतिअनुसार उद्योग मन्त्रालय पाए सरकारमा सहभागितालाई निरन्तरता दिन्छ, नभए सरकार छाड्न पनि सक्ने संमभवना रहेको छ ।

प्रकाशित : माघ ९,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA