युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता - JC NEPAL MEDIA

माघ ११,२०७९ जेसी नेपाल संवाददाता

युक्रेन र फिनल्याण्ड राष्ट्रपतिका बीचमा सुरक्षा सम्बन्धि छलफलका लागि मङ्गलबार भेटवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

फिनल्याण्डका राष्ट्रपति साउदी निनिस्टो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा छन् । यसै क्रममा उनीहरुका बीचमा दुई पक्षका बीचमा भेटवार्ता भएको थियो र सो वार्ताका क्रममा खासगरी युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको थियो ।

त्यस भेटका क्रममा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलिन्स्किीले युक्रेनलाई फिनल्याण्डले गर्दै आएको सैन्य तथा अन्य सहयोगका लागि धन्यवाद ज्ञापन गरेको समाचारमा जनाइएको छ ।

युक्रेनलाई युरोपियन युनियनले पनि सोमबार मात्र थप सैन्य सहयोग उपलब्ध गराएको थियो । सो सहयोग पचास लाख युरोभन्दा पनि बढी रहेको बताइएको छ । सोमबार सो विषयमा युरोपियन युनियनले जानकारी दिएको थियो ।

यसअघि पनि युक्रेनलाई सहयोग दिँदै आएकामा युरोपियन युनियनका विदेश मन्त्रीहरुको बैठकपछि पचास लाख युरोभन्दा बढी सैन्य सहयोगको घोषणा युरोपियन युनियनले सोमबार गरेको हो ।

प्रकाशित : माघ ११,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?: JCNEPAL MEDIA

अमेरिकाद्वारा नेपाललाई दिँदै आएको चार परियोजनाको सहयोग राेकेपछि काम रोक्न अर्थको निर्देशन JCNEPAL MEDIA

ट्रम्पले कोलम्बियाप्रति आक्रोशित भई बढाए २५ प्रतिशत भन्सार शुल्क,विमान अवतरण गर्न नदिएपछि:JCNEPAL MEDIA

मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनायाे, ‘गल्फ अफ अमेरिका’ : JCNEPAL MEDIA

विदेशमा दिइने सहायता 'स्थगित गर्न' विदेश मन्त्रालयको 'निर्देशन' : अमेरिका JCNEPAL MEDIA

पेट्रोल ट्यांकर विस्फोटमा ९८ जनाको मृत्यु : नाइजेरिया JCNEPAL MEDIA