एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धि यात्रा’ सुरु गरे

१४ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धि यात्रा’ शुरूगरेका छन ।

बुधबारै बैतडी पुगेका ओलीले बिहीबार बिहानै झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर यात्राको आरम्भ गरे ।

एमालेले यसलाई 'समृद्धिका लागि संकल्प यात्रा'को नाम दिएको छ । जसमा एमाले केन्द्रीय, स्थानीय नेता कार्यकर्ताहरुको संलग्नता रहने छ ।

मध्यपहाडी लोकमार्गका विभिन्न स्थानहरुमा एमालेका नेता कार्यकर्ताहरु पदयात्रामा जोडिने छन् । पदयात्राको उद्देश्य स्थानीयसँग थप सम्बन्ध जोड्ने र त्यसको राष्ट्रिय सन्देश दिने छ ।

सरकारले गरिरहेका कामकोबारेमा जनतालाई बुझाउने र आगामी दिनमा एमालेको भूमिका थप शक्तिशाली बनाउने योजना अन्तर्गत एमालेले पदयात्रा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA