इसिमोडको आयोजनामा ५ दिने बुटक्याम्प सम्पन्न

१४ मंशिर २०८० / जेसी नेपाल संवाददाता

मधेसमा रहेको कृषि समस्याको समाधान खोज्ने उद्देश्यले अन्तर प्रेरणा र इसिमोडको आयोजनामा ५ दिने बुटक्याम्प सम्पन्न भएको हो ।

मधेसको कृषि समस्या समाधानका लागि १५ जना युवाहरुको आइडियालाई समेटेर बुटक्याम्पको आयोजना गरिएको प्रेरणा कार्यक्रमका प्रोजेक्ट म्यानेजर अशिम श्रेष्ठले जानकारी दिए ।

उनले ४० भन्दा बढी युवाहरु आफ्नो आइडिया सहित फारम भरेकोमा १५ उत्कृष्ट आइडिया भएका युवाहरुलाई सहभागी गराइएको बताए ।

अब १५ मध्ये केही उत्कृष्ट आइडियाहरुलाई छनौट गर्ने र ती आइडियाहरु मधेसको कृषि क्षेत्रमा रहेको अति पानी अल्प पानी लगायतको समस्या समाधान गर्न सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मनिषरमण साह, एनवाइइएफका अध्यक्ष सोनु साह लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

'ब्रा' फुकालेर टपलेस भएकी सुन्दरी सडकमा बजारिएर अस्पताल पुगिन् : JCNEPALMEDIA

सिम्रौनगढ सीमामा ‘सेटिङ’, मल तस्करीदेखि करोडौँको राजस्व चुहावटसम्म

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना : JCNEPALMEDIA

सिरहा सशस्त्र प्रहरी द्वारा ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा : JCNEPALMEDIA

वालेन र उपप्रमुख सुनिता डंगोलबाट वडा नं. ३२ को प्रशासनिक भवन शिलान्यास : JCNEPALMEDIA