इसिमोडको आयोजनामा ५ दिने बुटक्याम्प सम्पन्न

१४ मंशिर २०८० / जेसी नेपाल संवाददाता

मधेसमा रहेको कृषि समस्याको समाधान खोज्ने उद्देश्यले अन्तर प्रेरणा र इसिमोडको आयोजनामा ५ दिने बुटक्याम्प सम्पन्न भएको हो ।

मधेसको कृषि समस्या समाधानका लागि १५ जना युवाहरुको आइडियालाई समेटेर बुटक्याम्पको आयोजना गरिएको प्रेरणा कार्यक्रमका प्रोजेक्ट म्यानेजर अशिम श्रेष्ठले जानकारी दिए ।

उनले ४० भन्दा बढी युवाहरु आफ्नो आइडिया सहित फारम भरेकोमा १५ उत्कृष्ट आइडिया भएका युवाहरुलाई सहभागी गराइएको बताए ।

अब १५ मध्ये केही उत्कृष्ट आइडियाहरुलाई छनौट गर्ने र ती आइडियाहरु मधेसको कृषि क्षेत्रमा रहेको अति पानी अल्प पानी लगायतको समस्या समाधान गर्न सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मनिषरमण साह, एनवाइइएफका अध्यक्ष सोनु साह लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

चर्को आलोचनापछि दूधको मूल्य वृद्धि फिर्ता

किसानको हितमा गाउँघर सानाकिसान कृषि सहकारी संस्था, कृषकलाई कृषि समाग्री वितरण

श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन

दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु

एमाले जिल्ला कमिटी सदस्य पशुपालन व्यवसायमा रमाउँदै

लिम्बु खानामा ४ थरी चटनी : फिलिङ्गेको अचारदेखि फर्सीको बियाँसम्म