मिसन ८४ भन्दै आएका ओली र लामिछानेले गर्न थाले मध्यावधिको चर्चा

१४ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : केपी ओली र रवि लामिछाने दुवैको साझा मिसन ८४ रहेकाे छ । दुई नेताबीच पछिल्ला दिनमा अनौठो संयोगकाे भेटमा मध्यावधि चुनावकाे चर्चा हुन लागकाे छ।

मध्यावधि चुनाव संविधानले सजिलै नदिने, अनि जारी सत्ता समीकरण भत्काउन समेत असहज अवस्थामा यी दुवै प्रतिपक्षी नेताले मध्यावधिको कुरा गर्न आ–आफ्ना दलको केन्द्रीय समिति बैठकजस्तो महत्वपूर्ण थलो रोजेका छन् ।

एमाले अध्यक्ष ओलीले अघिल्लो साता पार्टीको छैटौं केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा अकस्मात् मध्यावधि चुनावको प्रसंग निकाल्दा सहभागीहरु छक्क परेका थिए । पार्टी मुख्यालय च्यासलमा ६ मंसिरमा ओलीले भनेका थिए, देशमा जुन खाले राजनीतिक, साँस्कृतिक र आर्थिक विचलन बढ्यो, त्यसलाई हेर्ने हो भने हामी मिसन ८४ भन्दै टुलुटुलु हेर्दै बस्ने कुरा आउँदैन ।

सत्ता गठबन्धनले यसैगरी असक्षमता देखाउँदै गयो भने हामी मध्यावधि चुनावसम्म जानलाई पनि तयार हुनुपर्ने हुन्छ । ओलीकै लोलीमा बोली मिलाउँदै संसदको चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले बुधबार राति महोत्तरीमा मध्यावधि चुनावको प्रसंग कोट्याए ।

लामिछानेले बैठकमा भनेका थिए, ‘हामीले मिसन ८४ कै तयारी गर्ने हो, तर ठूला भनिने दलहरुभित्र रडाको सुरु भएको छ । यिनीहरुले झगडाका क्रममा आफ्ना दल नै फुटाउन सक्छन् ।

परिस्थितिले बीचैमा मध्यावधिमा पुर्‍याउन सक्छ, तयार बसौं लामिछानेले ‘पुराना दलहरुले ८१–८२–८३ साल ठीकै काम देखाउन सके भने आफूहरुलाई प्रतिपक्षमा बस्न अप्ठेरो नहुने दाबी गर्दैरहे पनि बेथिति बढ्दै गए मिसन ८४ को नारा फेरिन सक्ने धारणा राखेका थिए । ओली र लामिछाने दुवैले मध्यावधि चुनावमा पुगिने संवैधानिक आधार भने दिन सकेका छैनन् । किनभने संविधानको धारा ७६ (२) अन्तर्गत बनेको प्रचण्ड सरकार कदाचित ढल्ने अवस्था आएमा अर्को सरकार गठनका लागि ७६ (३) विकल्प बाँकी नै रहन्छ, जहाँ राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

ती प्रधानमन्त्रीले समेत विश्वासको मत नपाएमा धारा ७६ (५) अन्तर्गत प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत पाउने आधार देखाएर प्रधानमन्त्री नियुक्त हुन सक्छन् । ती प्रधानमन्त्रीले समेत विश्वास नपाएमा बल्ल देश मध्यावधिमा जान सक्छ ।

एकातिर प्रचण्ड सरकार संकट उन्मुख नबन्दै, अनि हालकै संसदले सरकार दिन सक्ने अरु विकल्प हुँदाहुँदै ओली र लामिछाने किन मध्यावधिको सम्भावना देखिरहेका होलान् ? उनीहरुको बोलीमा एकरुपता आउनु संयोगमात्रै होला कि यसपछाडि कुनै किसिमको गुप्त–कसरत छिपेको छ ? बैतडीको झुलाघाटबाट ओलीसँगै पश्चिम–पूर्व मध्यपहाड यात्रारत एमाले उपमहासचिव विष्णु रिमालले राजनीतिक संकट बढ्दैजाँदा मध्यावधि चुनाव निकासको विकल्पका रुपमा आउन सक्ने सम्भावनातर्फ आफ्ना अध्यक्षले औंल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA