कांग्रेसमा निधि र यादवको वर्चस्वको लडाई

१५ मंशिर २०८० / जेसी नेपाल संवाददाता

धनुषा : नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर तीनमा केन्द्रीय महासमिति सदस्यका लागि आज निर्वाचन हुने भएको छ ।

यहाँ नेपाली कांग्रेसका पूर्व उप–सभापति बिमलेन्द्र निधि र नेता राम सरोज यादवबीच बर्चस्वको लडाई देखिएको छ । अन्य सीटहरुमा सर्वसम्मत भए पनि मधेशी कोटामा भने चुनाव हुने भएको छ । दुबै पक्ष आफूले जित्ने दाबी समेत गरेका छन् ।

निधि गुटबाट नेता शिवचन्द्र चौधरी, जनकपुरधाम उप–महानगर पालिकाका उप–मेयर किशोरी साह चुनावी मैदानमा छन् भने यादव गुटबाट जीवनाथ चौधरी र रामबाबु यादव रहेका छन् । हुन त मधेशी कोटामा पनि सर्वसम्मत निर्णय गर्ने तयारी गरिएको थियो तर, जीवनाथ चौधरीलाई लिएर यहाँ चुनाव भएको छ ।

नेता निधि चौधरीलाई महासमिति सदस्य बन्नबाट रोक्नका लागि प्रयासरत रहेका छन् । पहिले मधेशी कोटामा संजय गुप्तालाई ल्याउने तयारी गरेका नेता निधि पछि आफ्नो नाम फिर्ता लिएर गुप्तालाई खुल्लाबाट महासमिति सदस्य बनाए ।

गुप्ता निधिका प्रिय मानिएका छन् । नेता यादव र चौधरी पनि निधिका प्रिय पात्रहरु नै छन् तर यहाँ वर्चस्वका बिषय बनेका कारण यिनीहरु बीच दूरी बढ्दै गएको छ ।

चौधरीलाई रोक्नका लागि नेता निधिले गुप्तालाई खुल्लाबाट महासमिति सदस्य बनाएको नेपाली कांग्रेसका नेताहरुको भनाइ छ ।

तर, नेता यादव भने कुनै पनि हालतमा चौधरीलाई महासमिति सदस्य बनाउने तयारी थालेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न ३८ वटा वडाका करिब साढे ६ सय डेलिगेटको घर घरमा नेता यादव पुगि सकेका छन् ।

सधैभरि नेता निधिलाई नेता मान्ने तर उनले कसैलाई पनि नमान्ने, ग्रासरुटका नेताहरु भन्दा बढी ठेकेदार पैसावाललाई नेता मान्न बाध्य तुल्याउने परिपाटीका विरुद्धमा आपूmले प्रयास थालेको भन्दै नेता यादवले चौधरीको पक्षमा वकालत गर्दै हिडेका छन् । बिहीबार नगराइनमा हुने निर्वाचन विहान ९ बजे देखि ३ बजे सम्म चल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA