निर्दोष जनताका लागि जलवायु न्यायको पक्षमा पार्न याे सम्मेलनमा उभिएको छु : प्रधानमन्त्री दाहाल

१७ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा आफ्नो धारणा राख्दै भने जलवायु उत्सर्जनमा शून्य योगदान रहेका मुलुकहरूले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोग्नुपरी रहेको छ ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा कुनै संलग्नता नरहेका मुलुक र जनतामाथि अन्याय भइरहेको बताएका छन् । जलवायु परिवर्तनको डरलाग्दो असर नेपालजस्ता मुलुकमाथि परिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको उनको भनाइ थियो । हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा जनता पहिरो, बाढी, जंगलको डढेलो, हिमश्रृंखला पग्लिने, खडेरी आदि जस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन् । यो सरासर अन्याय हो । यो अब रोकिनुपर्छ, प्रधानमन्त्रीको आग्रह थियो ।

विकसित मुलुकहरूको गतिविधिका कारण वातावरणमा नकरात्मक प्रभाव परिरहेको र त्यसको असर जलवायुमा देखिएको प्रधानमन्त्रीको भनाइ थियो । उनले विकसित देशहरूले जलवायु परिवर्तनका सम्बन्धमा गरेका प्रतिबद्धताअनुसार काम नगरेको पनि बताए । आफ्ना प्रतिबद्धता पूरा गर्नका लागि विकसित मुलुकहरूले अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

जलवायु परिवर्तनले हिमालहरूलाई यातना भइरहेको दाहालको भनाइ थियो । विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको छ : उनले भने । म यहाँ मेरा निर्दोष नागरिकहरूका लागि जलवायु न्यायको लागि उपस्थित भएको छु, जो यस प्रकोपबाट पूर्ण पीडित छन् । नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री दाहालले बताए । उनले सन् २०४५ सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए ।

जलविद्युत क्षमतालाई स्वच्छ ऊर्जा उत्पादन गर्न प्रयोग गर्ने र ४५ प्रतिशत जंगलले ढाकेको जमिन कायम राख्न योजनाबद्ध रूपमा अगाडि बढेको उनको भनाइ थियो । प्रकाशित : मंसिर १७, २०८० ०६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?: JCNEPAL MEDIA

अमेरिकाद्वारा नेपाललाई दिँदै आएको चार परियोजनाको सहयोग राेकेपछि काम रोक्न अर्थको निर्देशन JCNEPAL MEDIA

ट्रम्पले कोलम्बियाप्रति आक्रोशित भई बढाए २५ प्रतिशत भन्सार शुल्क,विमान अवतरण गर्न नदिएपछि:JCNEPAL MEDIA

मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनायाे, ‘गल्फ अफ अमेरिका’ : JCNEPAL MEDIA

विदेशमा दिइने सहायता 'स्थगित गर्न' विदेश मन्त्रालयको 'निर्देशन' : अमेरिका JCNEPAL MEDIA

पेट्रोल ट्यांकर विस्फोटमा ९८ जनाको मृत्यु : नाइजेरिया JCNEPAL MEDIA