सैनिक ड्रोन आक्रमणमा करिब ८५ जनाको मृत्यु : नाइजेरिया

२० मंशिर २०८० / एजेन्सी

काठमाडौं : नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ आमनागरिकको मृत्यु भएको छ । कादुना राज्यको इगाबी काउन्सिल क्षेत्रको टुदुन बिरी गाउँमा गत आइतबार राति मोहम्मदको जन्मदिन मनाउन भेला भएका सर्वसाधारण ड्रोन आक्रमणमा परेका थिए ।

कादुनाका गभर्नर उबा सानीले आतंकवादी र डाकुहरूलाई निशाना बनाएर  प्रहार गरिएको ड्रोन गलत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म ८५ शव फेला परेको र अन्यको खोजी जारी रहेको बताएको छ । एम्नेस्टी इन्टरनेशनलको नाइजेरियाको कार्यालयले भने यस आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मंगलबार उत्तरी कादुनामा महिला र बालबालिकासहित कम्तीमा ८५ जनाको ज्यान जाने गरी भएको सैनिक ड्रोन आक्रमणको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

प्रकाशित : मंसिर २०, २०८०    ०६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?: JCNEPAL MEDIA

अमेरिकाद्वारा नेपाललाई दिँदै आएको चार परियोजनाको सहयोग राेकेपछि काम रोक्न अर्थको निर्देशन JCNEPAL MEDIA

ट्रम्पले कोलम्बियाप्रति आक्रोशित भई बढाए २५ प्रतिशत भन्सार शुल्क,विमान अवतरण गर्न नदिएपछि:JCNEPAL MEDIA

मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनायाे, ‘गल्फ अफ अमेरिका’ : JCNEPAL MEDIA

विदेशमा दिइने सहायता 'स्थगित गर्न' विदेश मन्त्रालयको 'निर्देशन' : अमेरिका JCNEPAL MEDIA

पेट्रोल ट्यांकर विस्फोटमा ९८ जनाको मृत्यु : नाइजेरिया JCNEPAL MEDIA