मन्त्रीका छोरा गाजामा मारिए : इजरायल

 

२३ मंशिर २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : इजरायली मन्त्रीका छोरामा गाजामा युद्धका क्रममा मारिएका छन् । इजरायली सेनाका पूर्वप्रमुखसमेत रहेका गाडी आइजनकोटका छोरा मेजर गाल आइजनकोट बिहीबार हमाससँगको लडाइँका क्रममा गाजामा मारिएका हुन् ।

सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाका प्रमुख रहेका गाडी आइजनकोट नेतान्याहु नेतृत्वको वर्तमान आपत्कालीन सरकारमा मन्त्रीसमेत रहेका छन् । अक्टोबर ७ मा हमासको आक्रमणपछि उनलाई मन्त्री बनाइएको हो । इजरायली सञ्चारमाध्यमहरूका अनुसार मेजर गाल आइजनकोट सुरुङमा विस्फोट हुँदा मारिएका हुन् ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाल एक 'साहसिक योद्धा' भएको प्रतिक्रिया दिएको छ । गालको निधनले आफू विक्षिप्त भएको समेत उनको भनाइ छ । उनले भनेका छन्, 'हाम्रा योद्धाहरूको सहादत त्यसै खेर जाने छैन, विजय प्राप्त नभएसम्म हामी लडिरहने छौँ ।

सीएनएनका अनुसार २५ वर्षीय गाल आइजनकोट ५५१औं रिजर्भ कमान्डो ब्रिगेडको ६९९औं बटालिएनका सिपाही थिए । अक्टोबर ७ यता ८८ जना इजरायली सैनिकको मृत्यु भएको इजरायली डिफेन्स फोर्स(आईडीएफ) जनाएको छ ।

प्रकाशित : मंसिर २३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?: JCNEPAL MEDIA

अमेरिकाद्वारा नेपाललाई दिँदै आएको चार परियोजनाको सहयोग राेकेपछि काम रोक्न अर्थको निर्देशन JCNEPAL MEDIA

ट्रम्पले कोलम्बियाप्रति आक्रोशित भई बढाए २५ प्रतिशत भन्सार शुल्क,विमान अवतरण गर्न नदिएपछि:JCNEPAL MEDIA

मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनायाे, ‘गल्फ अफ अमेरिका’ : JCNEPAL MEDIA

विदेशमा दिइने सहायता 'स्थगित गर्न' विदेश मन्त्रालयको 'निर्देशन' : अमेरिका JCNEPAL MEDIA

पेट्रोल ट्यांकर विस्फोटमा ९८ जनाको मृत्यु : नाइजेरिया JCNEPAL MEDIA