स्थानीय तहमा जनताको चाहनाबमोजिम कानुन बन्नुपर्छ , पूर्वप्रधानन्यायाधीश कार्कीकाे भनाइ

पुष ०३, २०८० / जेसी नेपाल संवाददाता

दाङ : स्थानीय तहमा जनताको चाहनाबमोजिम कानुन बन्नुपर्छ , पूर्वप्रधानन्यायाधीश कार्कीकाे भनाई रहेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले स्थानीय तहमा जनताको चाहनाबमोजिमका कानुन निर्माण हुनुपर्ने बताएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजना र मेट्रो कलेज तुलसीपुरको समन्वयमा सोमबार तुलसीपुरमा सम्पन्न ‘नीति र नेतृत्व तथा स्थानीय शासन र सुशासन’ सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले निर्वाचनमा जारी गरेको घोषणापत्रअनुसारका नीति र कानुन निर्माण हुनुपर्ने बताइन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले स्थानीय शासन जनताप्रति उत्तरदायी रहेको महसुस गराउन सक्नुपर्ने धारणा व्यक्त गरिन् । स्थानीय तहमा जनताको आवश्यकताबमोजिम नीति र कानुन तयार गरी सुशासनको ग्यारेन्टी गरिनुपर्छ: उनले भनिन्नी। ति राम्रो भए मात्र कानुन राम्रो हुन सक्छ । जनप्रतिनिधि नीतिमा स्पष्ट हुनुपर्छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताले प्रत्यक्ष परिवर्तनको महसुस गर्ने खालका काम गर्न आवश्यक रहेको बताए ।

पत्रकार हरिबहादुर थापाले स्थानीय तहमा निर्माण भएका ऐन कानुन कार्यान्वयन हुन नसकेको बताए । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिबीच समन्वय र सहकार्य हुन नसकेको, आपसी विवाद्ले नियम कानुन बन्न नसकेको र जनताको चाहनाबमोजिम काम गर्न नसकेको उनले बताए । तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का र पूर्व नगरप्रमुख घनश्याम पाण्डेले जनतासामू गरेका वाचा अनुसार नै काम गर्ने गरेको बताए । स्थानीय तहमा धेरै उदाहरणीय काम भएको र यसले जनतालाई प्रत्यक्ष लाभ पुगिरहेको उनीहरूले बताए ।

प्रकाशित : पुष ३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA