स्थानीय तहमा जनताको चाहनाबमोजिम कानुन बन्नुपर्छ , पूर्वप्रधानन्यायाधीश कार्कीकाे भनाइ

पुष ०३, २०८० / जेसी नेपाल संवाददाता

दाङ : स्थानीय तहमा जनताको चाहनाबमोजिम कानुन बन्नुपर्छ , पूर्वप्रधानन्यायाधीश कार्कीकाे भनाई रहेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले स्थानीय तहमा जनताको चाहनाबमोजिमका कानुन निर्माण हुनुपर्ने बताएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजना र मेट्रो कलेज तुलसीपुरको समन्वयमा सोमबार तुलसीपुरमा सम्पन्न ‘नीति र नेतृत्व तथा स्थानीय शासन र सुशासन’ सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले निर्वाचनमा जारी गरेको घोषणापत्रअनुसारका नीति र कानुन निर्माण हुनुपर्ने बताइन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले स्थानीय शासन जनताप्रति उत्तरदायी रहेको महसुस गराउन सक्नुपर्ने धारणा व्यक्त गरिन् । स्थानीय तहमा जनताको आवश्यकताबमोजिम नीति र कानुन तयार गरी सुशासनको ग्यारेन्टी गरिनुपर्छ: उनले भनिन्नी। ति राम्रो भए मात्र कानुन राम्रो हुन सक्छ । जनप्रतिनिधि नीतिमा स्पष्ट हुनुपर्छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताले प्रत्यक्ष परिवर्तनको महसुस गर्ने खालका काम गर्न आवश्यक रहेको बताए ।

पत्रकार हरिबहादुर थापाले स्थानीय तहमा निर्माण भएका ऐन कानुन कार्यान्वयन हुन नसकेको बताए । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिबीच समन्वय र सहकार्य हुन नसकेको, आपसी विवाद्ले नियम कानुन बन्न नसकेको र जनताको चाहनाबमोजिम काम गर्न नसकेको उनले बताए । तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का र पूर्व नगरप्रमुख घनश्याम पाण्डेले जनतासामू गरेका वाचा अनुसार नै काम गर्ने गरेको बताए । स्थानीय तहमा धेरै उदाहरणीय काम भएको र यसले जनतालाई प्रत्यक्ष लाभ पुगिरहेको उनीहरूले बताए ।

प्रकाशित : पुष ३, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना : JCNEPAL MEDIA

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयको चासो : सात दिनभित्र यात्रुहरूको अभिलेख तयार गर्न निर्देशन JCNEPAL MEDIA

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA