धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

असार ३,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : धनुषाको विदेह नगरपालिका-५ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ। नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा टाकाहिरोले एक समारोहका बीच विद्यालय भवनको उद्घाटन गरेका हुन्।

विद्यालय भवन जापान सरकारको सहयोगमा निर्माण गरिएको हो। जापानी गैरसरकारी संस्था प्लान इन्टरनेसनलद्वारा सञ्चालित यो परियोजना तीनवर्षे अवधिको दोस्रो वर्षमा सञ्चालनमा छ। परियोजनाको उद्देश्य धनुषा जिल्लामा आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नुका साथै लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ वातावरण निर्माण गर्ने रहेको दूतावासले जनाएको छ।

परियोजनाले विद्यालयको भौतिक पूर्वाधार सुधारका साथै शिक्षकहरूको सीप अभिवृद्धि तालिम तथा समुदायको नेतृत्वमा शिक्षामा सहभागिता बढाउने अभियानहरू पनि सञ्चालन गर्दै आएको छ। उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत तामुराले परियोजनामा संलग्न सबैको प्रयासको प्रशंसा गर्दै विद्यालय भवन तथा पूर्वाधारहरूको उचित व्यवस्थापन तथा संरक्षण हुने विश्वास व्यक्त गरे। उनले विद्यालयका विद्यार्थीले भविष्यमा नेपाल–जापान सम्बन्धमा जनस्तरीय पुलको रुपमा योगदान दिने र नेपालको समग्र विकासमा समेत अग्रणी भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे। 

प्रकाशित : असार ३,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA