इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द : JCNEPAL MEDIA

असार ५,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी–लाकी ज्वालामुखी विस्फोटपछि बाली आउने–जाने दर्जनौँ उडान रद्द भएका छन्।

फ्लोरेस टापुस्थित ज्वालामुखी मंगलबार सक्रिय भएपछि सतर्कता उच्चतम स्तरमा पुर्‍याइएको छ। बालीको नगुराह राय विमानस्थलबाट जेटस्टार, भर्जिन अस्ट्रेलिया, एयर इन्डिया, एयर न्यूजिल्याण्ड, टाइगरएयर र जुनेयाओ एयरलाइन्सका उडानहरू रद्द भएका छन्।

जेटस्टारका अनुसार रातिसम्म खरानीको बादल हट्ने र त्यसपछि उडानहरू सञ्चालनमा आउने अपेक्षा गरिएको छ। फ्लोरेस टापुको लाबुआन बाजो गन्तव्यका एयर एसियाका उडान र माउमेरे नजिकको फ्रान्सिस्कस जाभेरियस सेडा विमानस्थल पनि बिहीबार बिहानसम्मका लागि बन्द गरिएको छ।

प्रकाशित : असार ५,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA