कोइरालाको अनुपस्थिती र निधीको भुँई बसाईले कार्यक्रममा छाए निरासा : कांग्रेस मधेश सम्मेलन

मंशिर ६,२०८० जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्रीहरु सहित जनकपुरधाममा आयोजित कांग्रेसको मधेश सम्मेलनको समुदघाटन सत्रमा दुई पृथक दृश्य र गुईगाँईले चर्चा पायो ।

जनकपुरधाम राजतिनिक कर्म क्षेत्र भएका मधेशकै प्रभावशाली नेता पुर्व उपसभापति विमलेन्द्र निधी पार्टी सभापति योगेन्द्र पजियार सहित कार्यक्रतासंगै सहभागिमा बसेपछि धेरैको ध्यानाकर्ष भयो । पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधीको सो बसाईलाई विभिन्न कोणबाट बिश्लेषण भइरहेको थियो । कतिपयले निधी कोइराला समुह तर्फ जान सक्ने संकेत त गरेको होइन भन्ने गाँईगँुई गरिरहेका थिए भने कतिपयले कार्यक्रम स्थल जनकपुरधाम भएपनि नेता निधी र धनुषा सभापति योगेन्द्र पजियारलाई मञ्चमा प्राथमिकता दिन नसक्नु भुल भएको टिप्पनी गरिरहेका थिए ।

यद्यपि उदघोषकले पटक पटक र स्वयं कार्यक्रमका सभापति समेत रहेका प्रदेश सभापति कृष्ण प्रसाद यादवनै पोडियममा पुगेर मञ्चमा आईदिन नेता निधीलाई आग्रह गरेका थिए । निधी छेउमै धनुषाका पुर्व सभापति महेश शंकर गिरी, धनुषा सभापतिका प्रत्यासी दिनेश प्रसैला यादव पनि बसेका थिए भने वर्तमान धनुषा सभापति पजियार त झन कार्यक्रता संगै भुईमै बसेका थिए । कतिपयले आसन ग्रहण र वक्ताको क्रमतामा तल माथी हुने देखेपछि कार्यक्रतामै बसेको उत्तम हुने मनशाय पनि हुन सक्ने बोलिरहेका थिए ।

त्यसैगरि पार्टी एक ढिक्का नभए कमजोर हुने चर्चाका बिच पार्टीका नेता तथा केन्द्रिय सभापतिका प्रत्यासी नेता शेखर कोइरालाको अनुपस्थिती पनि नेता कार्यक्रर्ताको उत्सुकताको विषय हुने नै भयो । कोइराला निकट नेताहरु रामकृष्ण यादव, चन्द्र मोहन यादव, किरण यादव सहितका केन्द्रिय सदस्यहरु मञ्चमा आसिन देखिएपनि कोइराला पक्षका युवा नेताहरु पक्षपात गरिएको र अन्य प्रदेशले गरेको व्यवहार समेत मधेशका नेतृत्वले गर्न नसकेको भन्दै असन्तुष्टि मात्र जनाएनन ज्ञापन पत्र लिएरै कार्यक्रम स्थल पुगेका थिए ।

युवा नेताहरु मञ्चमै पुगेर असन्तुष्टि सहितको ज्ञापन बुझाउन नचाहेका होइनन तर त्यसो नभएपछि उनीहरु ज्ञापन पत्र सहितको तस्वीर समाजिक सञ्जालमा पोष्ट गरेका छन् । कोइराला निकट नेवि संघका पुर्व केन्द्रिय सभापति रञ्जित कर्णको अगुवाईमा उनीहरु असन्तुष्टि सहितको ज्ञापन पत्र लिएर कार्यक्रम स्थल पुगेका थिए ।

प्रकाशित : पुष ६, २०८० ०६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मतदाता कार्डमा तस्वीर र नाम फरक भेटाउदा जउबासंघ निर्वाचन शंकाकाे घेरामा JCNEPAL_MEDIA

मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय कांग्रेस र एक मंत्रालय लाेेसपाले पदभार गरे ग्रहण JCNEPAL_MEDIA

आज चार बजे प्रतिनिधिसभा बैठक बस्दै JCNEPAL_MEDIA

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकारकाे मंत्री छनाैटमा व्यस्तJCNEPAL_MEDIA

सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब माग्ने महामन्त्री थापाको भनाइ : संसदीय विशेष समिति

सत्ता गठबन्धनलाई परास्त गर्न मधेसमा देउवाको ‘माधव कार्ड’