मधेशको युवा रेमिट्यान्स तिरेर देश चलाउछ तर मधेसकाे गरिबी किन घटिरहेको छैन ? : कांग्रेस महामन्त्री थापा

मंशिर ६,२०८० जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्रदेश सम्मेलनमा मधेशका समस्याहरूमाथि छलफल र समीक्षा गर्नुपर्ने बताएका छन् । बिहीबार जनकपुरमा भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले मधेशको युवा रेमिट्यान्स तिरेर देश चलाउछ तर मधेसकाे गरिबी किन घटिरहेको छैन ? सोच्नुपर्ने बेला आएको बताए ।

मधेस प्रदेश किन शिक्षा र स्वास्थ्यमा पछाडि परेको हो ? वैदेशिक रोजगारमा जाने यहीबाट धेरै छन्, तर गरिबी किन नघटेको हो ? हामीले यो सम्मेलनमा यसबारे गम्भीर भएर समीक्षा गरौँ : महामन्त्री थापाले भने । उनले किसानले वर्षभरि काम गर्दा पनि खान नपुग्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । महामन्त्री थापाले देशमा कुशासन मौलाउँदा जनता रिसाएका बताए । जनता कुशासनबाट आजित भएका छन् ।

त्यसको भारी यो व्यवस्थालाई बोकाउन खोजिन्छ । यसको उपचार एउटै छ, त्यो हो सुशासन : उनले अघि भने । देशमा सुशासन कायम भयो भने यो व्यवस्था आफैँ जोगिन्छ ।

प्रकाशित : पुष ६, २०८० ०६:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA

नेपाल प्रहरीका चार डीआईजीको बढुवा : JCNEPAL MEDIA

उर्जामन्त्रीले पद छाड्न भनेपछि प्राधिकरण निर्देशककाे भावुक अपील : "देशलाई धोका दिन चाहन्न" JCNEPAL MEDIA

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA