मधेशको युवा रेमिट्यान्स तिरेर देश चलाउछ तर मधेसकाे गरिबी किन घटिरहेको छैन ? : कांग्रेस महामन्त्री थापा

मंशिर ६,२०८० जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्रदेश सम्मेलनमा मधेशका समस्याहरूमाथि छलफल र समीक्षा गर्नुपर्ने बताएका छन् । बिहीबार जनकपुरमा भएको कांग्रेसको मधेश प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले मधेशको युवा रेमिट्यान्स तिरेर देश चलाउछ तर मधेसकाे गरिबी किन घटिरहेको छैन ? सोच्नुपर्ने बेला आएको बताए ।

मधेस प्रदेश किन शिक्षा र स्वास्थ्यमा पछाडि परेको हो ? वैदेशिक रोजगारमा जाने यहीबाट धेरै छन्, तर गरिबी किन नघटेको हो ? हामीले यो सम्मेलनमा यसबारे गम्भीर भएर समीक्षा गरौँ : महामन्त्री थापाले भने । उनले किसानले वर्षभरि काम गर्दा पनि खान नपुग्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । महामन्त्री थापाले देशमा कुशासन मौलाउँदा जनता रिसाएका बताए । जनता कुशासनबाट आजित भएका छन् ।

त्यसको भारी यो व्यवस्थालाई बोकाउन खोजिन्छ । यसको उपचार एउटै छ, त्यो हो सुशासन : उनले अघि भने । देशमा सुशासन कायम भयो भने यो व्यवस्था आफैँ जोगिन्छ ।

प्रकाशित : पुष ६, २०८० ०६:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA

दाङ क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले रास्वपाका विपिनकुमार आचार्यलाई दिए समर्थन : JCNEPALMEDIA

बंगलादेशमा विद्यार्थी आन्दोलनलाई जनताले विश्वास गरेन ,पुरानै दललाई बहुमत : JCNEPALMEDIA