अर्थमन्त्री र सचिवहरू बीच कार्यसम्पादन करार सम्झौता JCNEPAL_MEDIA

श्रावण २७,२०८१/ जेसी नेपाल संवाददाता

शिवकुमार / काठमाडौं

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन करार सम्झौता भएको छ ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा–छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु, लक्ष्यहरु र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिवहरु र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने दाबी गरे ।

अर्थसचिव घिमिरेले वार्षिक कार्यक्रम र नीतिसाग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित कृयाकलापहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : श्रावण २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA