ह्यारिस र ट्रम्प बीच कडा टक्कर : अमेरिकी राष्ट्रपति निर्वाचन

कार्तिक १८,२०८१ / एजेन्सी राष्ट्रपति निर्वाचन :

ह्यारिस र ट्रम्प बीच कडा टक्कर टक्कर देखिएको छ । अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार हुने चुनावमा कडा टक्कर हुने देखिएको छ । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केहीअघि देखिएकी छन् ।

अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन प्राप्त गरेकी छन् । ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ रहेको पछिल्लो चुनावी सर्वेक्षणहरूले देखाएका छन् । ५ प्रतिशत मतदाता भने हालसम्म पनि अनिर्णित देखिएका छन् । अमेरिकाको राष्ट्रपतीय चुनाव ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचकमण्डल’मा आधारित छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ‘इलेक्टोरल कलेज मत’ निर्धारण गरिएको हुन्छ ।

राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये कम्तीमा २ सय ७० आवश्यक पर्छ । ५० राज्यमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । ५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गर्छन् । त्यस्ता राज्यहरू ‘ब्लू’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लू’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेट भनिन्छ ।

तर हरेक निर्वाचनमा केही राज्यमा कुन उम्मेदवार विजयी हुन्छन् भन्ने चुनावी सर्वेक्षणका आधारमा मात्र प्रष्ट हुँदैन । समग्र निर्वाचनको परिणाम निर्धारण गर्ने त्यस्ता राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भनिन्छ । यसवर्षको चुनावमा ह्यारिस र ट्रम्पबीच चर्को प्रतिस्पर्धा रहेका ७ राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ मानिएको छ । यो सूचीमा पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा छन् । ह्यारिसले क्यालिफोर्नियाको ५४, न्युयोर्कको २८ र इलिनोइ राज्यको १९ सहित २ सय २६ इलेक्टोरल मत ल्याउने देखिएको छ । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई कम्तीमा अरू ४४ इलेक्टोरल मत आवश्यक पर्छ ।

प्रकाशित : कार्तिक १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नेता कोइरालाले भने, बिआरआईका विषयमा संसदमा पर्याप्त छलफल गर्नुपर्छ : JCNEPAL MEDIA

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री यी बीच द्विपक्षीय भेटवार्ता -JCNEPAL MEDIA

मधेश विकासको लागि फास्ट ट्रयाक र हुलाकी राजमार्ग जरुरी : मुख्यमन्त्री सिँह-JCNEPAL_MEDIA

पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा : दुर्गा प्रसाईं JCNEPAL_MEDIA

स्थानीय तह उप-निर्वाचन : महाबु गा.पा.अध्यक्ष पदमा सात दलको मनोनयन दर्ता JCNEPAL_MEDIA

नेकपा एमाले इलामको अध्यक्षमा बराल निर्वाचित