स्थानीय तह उप-निर्वाचन : महाबु गा.पा.अध्यक्ष पदमा सात दलको मनोनयन दर्ता JCNEPAL_MEDIA

मंसिर २, २०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : दैलेखका महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात दलले मनोनयन दर्ता गराएका छन् । आइतबार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, एमाले, रास्वपा, राप्रपा र नेमकिपाले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्र जंगबहादुर बराल मगर, नेकपा एसबाट जगतबहादुर हमाल, एमालेबाट जंगबहादुर शाही, रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगरले उम्मेदवारी दिएका हुन् ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि चार दलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस, राप्रपा, एमाले र माओवादीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादी देवका लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुखको २०८० कात्तिकमा भूकम्पमा परेर निधन भएको थियो ।

मंसिर २, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA