स्थानीय तह उप-निर्वाचन : महाबु गा.पा.अध्यक्ष पदमा सात दलको मनोनयन दर्ता JCNEPAL_MEDIA

मंसिर २, २०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : दैलेखका महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात दलले मनोनयन दर्ता गराएका छन् । आइतबार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, एमाले, रास्वपा, राप्रपा र नेमकिपाले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्र जंगबहादुर बराल मगर, नेकपा एसबाट जगतबहादुर हमाल, एमालेबाट जंगबहादुर शाही, रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगरले उम्मेदवारी दिएका हुन् ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि चार दलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस, राप्रपा, एमाले र माओवादीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादी देवका लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुखको २०८० कात्तिकमा भूकम्पमा परेर निधन भएको थियो ।

मंसिर २, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA