मधेश विकासको लागि फास्ट ट्रयाक र हुलाकी राजमार्ग जरुरी : मुख्यमन्त्री सिँह-JCNEPAL_MEDIA

मंशिर १२,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले मधेश प्रदेशको विकासको लागि फास्ट ट्रयाक र हुलाकी राजमार्ग जरुरी रहेको बताएका छन् । जनकपुरधाममा मंगलबार भएको प्रभावकारी र दु्रत सेवाका लागि बहुसरोकारवालाहरुसंग कार्यशाला गोष्ठीमा यसको सदुपयोगका लागि सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यशालामा मुख्यमन्त्री सिंहले प्रदेशको द्रुत आर्थिक विकासका लागि सञ्चालनमा रहेका राष्ट्रिय महत्वका योजनाहरूको निर्माणमा गति दिन आग्रह गरे । वर्षौसम्म योजनाहरू पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको उनको भनाइ छ । उनले मधेश प्रदेशलाई संघीय राजधानीसंग जोड्ने फाष्टट्रयाक र हुलाकी राजमार्ग समयमा नै निर्माण भएको खण्डमा वर्षेनी रुपमा अर्बौको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

त्यस्तै मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले यस प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक भएको बताए । उनले मधेश प्रदेशको समृद्धि र विकासका लागि संघ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरुरी रहेको बताए ।

प्रकाशित : मंशिर १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA

भिंडको भ्रम होइन, लोकतन्त्रको आवाज : JCNEPALMEDIA

दाङ क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले रास्वपाका विपिनकुमार आचार्यलाई दिए समर्थन : JCNEPALMEDIA

बंगलादेशमा विद्यार्थी आन्दोलनलाई जनताले विश्वास गरेन ,पुरानै दललाई बहुमत : JCNEPALMEDIA