रेड वाइन\' पिउँदा टाउको दुख्छ ,के हाेला कारण ?JCNEPAL MEDIA

माघ ११,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : अरू किसिमका मदिराहरू पिउँदा "केही नहुने" कतिपय मानिसले सानो गिलासकै 'रेड वाइन' पिउँदा पनि टाउको दुख्न थाल्नुको कारण आफूहरूले पत्ता लगाएको हुन सक्ने संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरूले बताएका छन्। क्यालिफोर्निया विश्वविद्यालयको अनुसन्धान टोलीका अनुसार राता अङ्गुरमा पाइने एउटा तत्त्वले मदिरालाई शरीरले पचाउने प्रक्रियामा बाधा उत्पन्न गराएकाले समस्या उत्पन्न भएको हुन सक्ने निष्कर्ष निकालेका छन्। त्यो तत्त्व 'क्वेर्सटिन' भनिने एउटा 'एन्टिअक्सिडन्ट' अथवा 'फ्ल्याभनल' हो।

* उच्च गुणस्तरका अङ्गुर

सूर्यको प्रकाश परेपछि राता अङ्गुरले झन् बढी क्वेर्सटिन उत्पादन गर्छन्। अनुसन्धानकर्ताहरूमध्ये एक प्राध्यापक एन्ड्र्यू वाटरहाउसले भने, अनुसार त्यसको अर्थ सस्ता रेड वाइनभन्दा महँगा रेड वाइन टाउको दुख्ने समस्या हुनेहरूलाई झन् नराम्रो साबित हुन्छ। "सस्ता किसिमका अङ्गुरहरू ठूला छत्र (क्यानपी) मा फलाइन्छन् र थुप्रै पातहरूसहित ती फल्छन्," उनले भने । "जबकि उच्च गुणस्तरका अङ्गुरहरूका लहरा साना हुन्छन् र तिनमा कम पात हुन्छन्।" "वाइनको गुणस्तर बढाउन अङ्गुरका बोटमा घामको मात्रा सावधानीपूर्वक पर्न दिइन्छ।" यद्यपि अरू मानिसहरू यसप्रति सन्देह व्यक्त गर्छन्।

क्वीन मेरी यूनिभर्सिटी अफ लन्डनस्थित प्रयोगात्मक उपचारसम्बन्धी विज्ञ प्राध्यापक रोजर कोर्डरले प्रमाणका अनुसार सस्ता वाइनहरू टाउको दुखाइका लागि नराम्रो भएको बताए। त्यसकारण त्यसमा प्रयोग हुने वस्तुबारे थप जानकारीहरू लिनुपर्ने उनको सुझाव छ। वाइनले टाउको दुख्ने समस्या निम्त्याउँछ भन्नेबारे थुप्रै सिद्धान्त अघि सारिएका छन्, थोरै मात्रामा पिउँदा पनि ३० मिनेटभित्र टाउको दुख्न थाल्छ। कतिपयका अनुसार त्यसको कारण वाइनमा 'सल्फाइट प्रिजर्भेटिभ'को प्रयोग हुन सक्छ। वाइन टिक्ने समय बढाउन र ताजा राख्नका लागि यो प्रयोग गरिन्छ। यद्यपि सामान्यतया सल्फाइट रेड वाइनमा भन्दा स्वीट हाइट वाइनमा बढी पाइने बताइन्छ। कतिपय मानिसलाई सल्फाइटले एलर्जी हुन सक्छ र उनीहरू त्यसबाट जोगिनुपर्छ। तर त्यसले टाउको दुखाउँछ भन्ने कुराको प्रमाण न्यून रहेको छ। * रक्सी धेरै पिएपछि 'ह्याङओभर' किन हुन्छ र कसरी जोगिने अर्को सम्भावित जिम्मेवार भनेको 'हिस्टामिन' हो जुन तत्त्व ह्वाइट वाइन अथवा 'रोजे'मा भन्दा रेड वाइनमा अझ बढी पाइन्छ। हिस्टामिनले रक्तनलीहरूलाई फराकिलो बनाउन सक्छ र यसले टाउको दुखाइ निम्त्याउन सक्छ। तर यसको पनि पर्याप्त प्रमाण छैन।

* विषाक्त यौगिक

विज्ञहरूका अनुसार पूर्वी एशियामा प्रत्येक तीन जनामध्ये एकले बिअर, वाइन र स्पिरिट पचाउन सक्दैनन्। ती सेवन गरेपछि उनीहरूमा अनुहार रातो हुने, टाउको दुख्ने र बान्ता हुने समस्या देखिन सक्छ। त्यो कुरा 'एएलडीएचटू' अथवा आल्डेहाइड डिहाइड्रजनस' भनिने मदिरालाई पचाउने इन्जाइमलाई जिनले कसरी प्रभावित पार्छ भन्ने कुरामा निर्भर गर्छ। शरीरमा अल्कोहल दुई चरणमा मिसिन्छ- एसेटाल्डेहाइड भनिने विषाक्त यौगिकमा रूपान्तरण हुन्छ, जसको एएलडीएचटू त्यसपछि त्यो गैरहानिकारक 'एसटेट' खास गरी 'भिनेगर'मा परिणत हुन्छ। यदि त्यो भएन भने हानिकारक एसेटाल्डेहाइड बन्न पुग्छ र त्यसले टाउको दुख्ने लक्षणहरू निम्त्याउँछ। रेड वाइनले निम्त्याउने टाउको दुखाइको हकमा पनि त्यस्तै हुन्छ।

मदिराले विभिन्न सात किसिमका क्यान्सर निम्त्याउने वैज्ञानिकहरू बताउँछन् अनुसन्धानकर्ताहरूका अनुसार क्वेर्सटिन तब मात्र समस्याकारी हुन्छ, जब त्यो अल्कोहलसँग मिसिन्छ। क्वेर्सटिन अरू धेरै फलफूल र तरकारीमा पनि पाइन्छ। त्यो 'हेल्थ सप्लिमन्ट'का रूपमा पनि पाइन्छ। सुजन नगराउने तत्त्व पाइने भएकाले त्यो फाइदाजनक हुन्छ र त्यो स्वयंले टाउको दुखाइ निम्त्याउँदैन। अनुसन्धानकर्ताहरूलाई अहिले पनि उनीहरूको सिद्धान्त मानिसमा प्रमाणित गर्न जरुरी छ। त्यसको सरल प्रयोग भनेको रेड वाइनले टाउको दुखाइको समस्या हुने स्वयंसेवकहरूलाई भोड्कासँग क्वेर्सटिन अथवा डमी पिल्स दिन सकिने उनीहरू बताउँछन्। अध्ययनका सहलेखक प्राध्यापक तथा स्नायुविज्ञ एवं क्यालिफोर्निया विश्वविद्यालयको हेडेक सेन्टरका निर्देशक प्राध्यापक मोरिस लेभिन भन्छन्, "अन्ततः हामी हजारौँ वर्ष पुरानो रहस्यबारे वर्णन गर्न सक्ने सही दिशामा छौँ। अब अर्को कदम भनेको रेड वाइन पिउँदा टाउको दुख्ने समस्या भएका मानिसहरूमा वैज्ञानिक रूपमा जाँच गर्नुपर्ने हुन्छ। त्यसै हेर्दै जानूस्।"

* मदिरा उपभोगमा क्रान्ति ल्याउँदै

नयाँ पुस्ता अध्ययनहरू केही महिनामा सुरु हुने उनीहरूको विश्वास छ। तर वाइनले स्वास्थ्यलाई पुर्‍याउने सम्भावित फाइदाबारे अध्ययन गरेका प्राध्यापक कोर्डर टाउको दुखाउने कारकका रूपमा ती कुराबारे अध्ययन गर्न आवश्यक रहेकोमा सन्देह जनाउँछन्। धेरै पिउँदा, छिटै पिउँदा अथवा मात्तिने गरी पिउँदा स्वास्थ्यमा त्यसको अल्पकालीन र दीर्घकालीन असरहरू पर्छ। सातामा नियमित रूपमा १४ 'यूनिट'भन्दा बढी पिउँदा त्यसले कलेजो बिगार्न सक्छ र पक्षाघात अनि मुटुका रोगसहितका स्वास्थ्य समस्या निम्तिन सक्छ। मदिराले विभिन्न सात किसिमका क्यान्सर निम्त्याउने वैज्ञानिकहरू बताउँछन्- हरेक पटक पिउँदा जोखिम झन् बढ्छ।

स्रोत : क्यान्सर रिसर्च यूक, एक्स्टर्नल र एनएचएस

प्रकाशित : माघ ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA