जिल्ला अदालत धनुषाले जारी गर्‍यो सात जनामाथि पक्राउ पुर्जी : JCNEPAL MEDIA

कार्तिक ०२,२०८२ / जेसी नेपाल संवाददाता

धनुषा जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा संलग्न सात जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। क्षीरेश्वरनाथ नगरपालिकाका सुशीलकुमार चौधरीको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जीमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको नाम पनि उल्लेख छ। जनकपुरधाम जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योग मुद्दामा संलग्न सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आइतबार अदालतले क्षीरेश्वरनाथ नगरपालिका–५ का सुशीलकुमार चौधरीको जाहेरीका आधारमा क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैया गाउँका उमेश यादव, वडा नम्बर ५ का योगेन्द्र पजियार, जिवछ मण्डल, नीरज मण्डल र कमल मण्डल धानुकसहित सात जनामाथि पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग (हत्या प्रयास) मुद्दा दर्ता भएको र अदालतको आदेशअनुसार प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।

पक्राउ पुर्जीमा उल्लेख रहेका योगेन्द्र पजियार नेपाली कांग्रेस धनुषाका सभापति समेत हुन् ।

प्रकाशित : कार्तिक ०२,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA