जुवाको खालबाट ९ जना पक्राउ : काठमाडौं JCNEPAL MEDIA

कार्तिक ०४,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

नेवा चुली रिसोर्टबाट सोमबार राति दुई लाख ३१ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाछ प्रहरीले १६ बुक तास पनि बरामद गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-८ घर भई हाल जिल्ला काठमाण्डौं जोरपाटी बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ, बुढानीलकण्ठ-१२ चुनिखेल बस्ने ३३ वर्षीय विकास श्रेष्ठ, सोही ठाउँका ३१ वर्षीय राकेश श्रेष्ठ (रिसोर्टका संचालक), ३७ वर्षीय सुनिल श्रेष्ठ, स्याङ्जाको चापागढ नगरपालिका-५ घर भई बसुन्धरा बस्ने ३८ वर्षीय सुरज राना रहेका छन् ।

यस्तै, सिन्धुलीको हरिहरपुर गाउँपालिका-१ घर भई हाल सोह्रखुट्टे नयाँबजार बस्ने २७ वर्षीय नामगेल भोलान, काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने ४२ वर्षीय रामशंकर पराजुली, धनुषाको मिथिला नगरपालिका-९ घर भई बुढानीलकण्ठ-१३ चुनिखेल बस्ने ३७ वर्षिय जितेन्द्र तामाङ र सोही ठाउँ बस्ने ४१ वर्षीय जयकुमार श्रेष्ठ रहेका छन् ।

प्रकाशित : कार्तिक ०४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA