धनुषाको ठाढीबाट खैइराे हिराेइनसहित सर्लाहीका एक युवक पक्राउ : JCNEPAL MEDIA

अशाेज २६,२०८२/ जेसी नेपाल संवाददाता

धनुषा प्रहरीले लागुऔषध खैइराे हिराेइन सहित एक जना युवकलाई पक्राउ गरेको छ ।

धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी माहतह प्रहरीचौकी ठाढीले चेकजाँचको क्रममा आईतबार दिउँसो खैइराे हिराेइन सहित एक युवकलाई पक्राउ गरेको हो । नियमित चेकजाँचको क्रममा शंका लागेपछि प्रहरी चौकीको गेट अगाडी नै पक्राउ गरिएको हो ।

प्रहरी चौकी प्रमुख प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटेको टोलीले सर्लाहीको छिदेश्वर नगरापलिका वडा नं. ४ बस्ने जोगिन्द्र सहनीको अन्दाजी बर्ष २० को छोरा नन्दु सहनीलाई पक्राउ गरिएको हो । भारत महिनाथपुरबाट खैइराे हिराेइनसहित नेपाल तर्फ आउँदै गर्दा सहनीलाई ९.१८० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहनीलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको प्रहरी चौकी ईन्चार्ज सिँहले बताए ।

प्रकाशित : अशाेज २६,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA