धनुषाको ठाढीबाट खैइराे हिराेइनसहित सर्लाहीका एक युवक पक्राउ : JCNEPAL MEDIA

अशाेज २६,२०८२/ जेसी नेपाल संवाददाता

धनुषा प्रहरीले लागुऔषध खैइराे हिराेइन सहित एक जना युवकलाई पक्राउ गरेको छ ।

धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी माहतह प्रहरीचौकी ठाढीले चेकजाँचको क्रममा आईतबार दिउँसो खैइराे हिराेइन सहित एक युवकलाई पक्राउ गरेको हो । नियमित चेकजाँचको क्रममा शंका लागेपछि प्रहरी चौकीको गेट अगाडी नै पक्राउ गरिएको हो ।

प्रहरी चौकी प्रमुख प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटेको टोलीले सर्लाहीको छिदेश्वर नगरापलिका वडा नं. ४ बस्ने जोगिन्द्र सहनीको अन्दाजी बर्ष २० को छोरा नन्दु सहनीलाई पक्राउ गरिएको हो । भारत महिनाथपुरबाट खैइराे हिराेइनसहित नेपाल तर्फ आउँदै गर्दा सहनीलाई ९.१८० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहनीलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको प्रहरी चौकी ईन्चार्ज सिँहले बताए ।

प्रकाशित : अशाेज २६,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA