लेख बहादुर खत्रीको घरमा आगलागी, करिव १० लाख बराबरको क्षती ।


दिपक बस्नेत  
बैशाख ३, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालु वरबोटे स्थीत लेख बहादुर खत्रीको घरमा आगलागी भएको छ ।
आगलागी बाट भुकम्प प्रतिरोधी घर जलेर पुर्ण रुपमा नष्ट भएको छ भने दायाँ बायाँका दुई वटा सुन्दर खत्री र राजु खत्रीको पक्कि घरमा क्षती पुगेको छ ।
घरमा अभिभावक कोहि नभएको र साना नानीहरु मात्र  भएको अवस्थामा आगलागी भएको जनाइएको छ । घर पुर्ण रुपमा क्षती भएको छ भने  मानवीय र पशुपक्षी क्षती नभएको जनाइएको छ ।
आगलागीबाट धान, मकै, कोदो लगाएत सवै खाद्यान्न समाग्री, भाडावतन, लत्ता कपाडा, विस हजार नगद, सुनका गहना जलेर नष्ट भएको लेख बहादुर खत्रीले बताउँनु भयो । आगलागीबाट करिव दशलाख बराबरको क्षती भएको स्थानीयको भनाई छ ।
आगलागीबाट सम्पुर्ण सामाग्री नष्ट भएपछि तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठले व्यक्तिगत रुपमा रु. पाँचहजार हस्तान्तरण गर्नुभएको छ । थप राहतको लागि पालिकामा नियम अनुसार पहल गर्ने बताउँनु भएको छ । आगोलाई स्थानियले नियन्त्रणमा लिएका थिए । स्थानियको सहयोगले दायाँ वायाँका घर धेरै क्षतीहुनबाट जोगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाकाेऔरही गाउँपालिकामा पु:नह यादवले प्रमुख प्रशासकीय अधिकृतकाे ठाउँ लिन सफल : JCNEPAL MEDIA

सिद्धार्थ बैंक, जनकपुर शाखाका प्रबन्धक प्रहरी नियन्त्रणमा -JCNEPAL MEDIA

स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी : बाजुरा JCNEPAL MEDIA

काठमाडौं महानगरपालिका १६ मा उपप्रधानमन्त्री सिंहले गरे मतदान : JCNEPAL MEDIA

धनुषाधाम नगरपालिका वाडा नं.१ मा वडाध्यक्ष पदका लागि मतदान जारी : JCNEPAL MEDIA

प्रमुख निर्वाचन आयुक्त :२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुदै -JCNEPAL MEDIA