महोत्तरीमा डाकाले चलाएको गोलीले श्रीमान-श्रीमती घाइते : JCNEPALMEDIA

जेष्ठ २०,२०८३ / जेसी नेपाल संवाददाता

महाेत्तरी : महोत्तरीको सोनमा गाउँपालिकाकाे एक घरमा डक‌ैती गर्न आएको समूहको प्रतिवाद गर्दा गोली लागेर एक दम्पती घाइते भएका छन्। मंगलबार राति सोनमा गाउँपालिका-३ खखना दक्षिणबारी टोलमा यो घटना भएको हो। ५/६ जनाको संख्यामा आएका लुटेराहरूको समूहले स्थानीय रामविश्वास यादवकाे घरमा प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए।

घरभित्र छिरेका उनिहरूलाई देखेपछि रामविश्वासका ज्वाइ २७ वर्षीय इशवर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवले, प्रतिवाद गरेका थिए। त्यही क्रममा लुटेरा समूहले उनीहरूमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका श्रीमान्-श्रीमती दुवैलाई तत्कालै उद्धार गरी प्रारम्भिक उपचार गरि थप उपचारका लागि जनकपुर पठाइएको महाेत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गाेलेले जानकारी दिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले खानतलासी गर्दा एक थान गोलीको खोका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय महाेत्तरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुलेको छैन। फरार रहेका उनिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : जेष्ठ २०, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA